दफा
प्रतिष्ठानको स्थापना
: (१) औद्योगिक व्यवसायको विकास गर्नको लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको नामबाट एउटा प्रतिष्ठानको स्थापना गरिएको छ ।
(२) प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र प्रतिष्ठानले आवश्यकता अनुसार नेपाल  भित्र जुनसुकै स्थानमा आफनो केन्द्र, उपकेन्द्र, शाखा तथा उपशाखा कार्यालयहरु खोल्न सक्नेछ ।